काठमाडौँ, बिहिबार, २० जेठ २०७८ । रक्त सङ्कलन केन्द्रले रगत सङ्कलनका लागि को’रोना (को’भिड–१९) को स’ङ्क्रमण बाधक नरहेको जनाएको छ । “को’रोना स’ङ्क्रमण भएकाबाट पनि रक्त सङ्कलन गर्न कुनै बाधा छैन”, सङ्कलन केन्द्रका निर्देशक दिव्य पौडेलले भन्नुभयो ।
उहाँका अनुसार को’रोना स’ङ्क्रमण भएकाबाट रक्त सङ्कलन गर्दा रगत लिनेलाई सर्दैन ।
“को’रोनाको महामारीपछि रगत सङ्कलनमा ठूलो कष्ट व्यहोर्नु परेको छ । नि’षेधाज्ञामा त रगत सङ्कलन गर्न अझ कठिन भएको छ”, उहाँले केन्द्रले भोगिरहेको समस्या जानकारी दिँदै अस्पतालमा बिरामीलाई यही बेला रगतको चाप पर्न थालेको बताउनुभयो ।
आवश्यक रगत सङ्कलनका लागि सङ्कलन केन्द्रले टोलटोलका युवा समाज, सहकारी, वित्तीय संस्था, सहकारी लगायतका समूहगत रूपमा मानिसको उठबस हुने सम्भावित क्षेत्रमा रगत सङ्कलनका लागि पहल गरिरहेको छ । रक्तदातालाई बिनारोकतोक आवागमनमा सहजतासमेत केन्द्रले उपलब्ध गराएको छ ।









































