काठमाडौं, १८ जेठ २०७८ । केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयरलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ ।
टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमति दिइएको नागरिक उड्ड्यन प्राधिकरणका महाप्रबन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।
कतार एआरलाइन्सले भने आधिकारिक जानकारी नदिए पनि यसै सातादेखि उडान शुरु गर्ने बुझिएको पोख्रेलले जानकारी दिनुभयो । यता चीन र नेपाल एअरलाइन्सले भने उडान बारे जानकारी नदिएको उहाँको भनाइ छ ।








































