काठमाडौं, सोमबार, १७ जेठ २०७८ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् ।
जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओझेलमा रहेका संघीयता, गणतन्त्रलगायतका मुद्दाहरु उठाउने बताए । ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’,पाण्डेयले भने ।








































