काठमाडौं, १७ जेठ २०७८ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
सरकारमा सहभागी हुने तयारीमा रहेको ठाकुर महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गर्न बालुवाटार पुगेको स्रोतले बताएको छ ।
भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ । हाल नेताहरुबीच छलफल जारी छ ।








































