काठमाडौं, बिहिबार, १३ जेठ २०७८ । सरकारले आर्थिक सर्वेक्षण शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार, शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम राखिएको छ ।
कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ ।
जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।
ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ ।








































