काठमाडौँ, बुधबार, १२ जेठ २०७८ । गायक रामकृष्ण ढकालले को’रोना सं’क्रमित नेपालीको उपचारका लागि १८ लाख सहयोग जुटाएका छन् ।
सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्णले नेपालमा को’रोनाका बि’रामीलाई अ’क्सिजन सि’लिन्डर अभाव भएको खबर सुनेलगत्तै नेपाली तथा नेपाली भाषी भुटानीसँग अपिल गरेर पहिलो चरणमा १८ लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।
‘नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु/भाइ तथा दिदी/बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।’ गायक ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन् |
‘उहाँहरू नेपालमा कोरोनासँग जीवन(मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता/दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’









































