गोरखा, मंगलबार, ११ जेठ २०७८ । नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाधान्न सहयोग गरेका हुन् ।

गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएरलकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो ।
नारेश्वरका युवाहरुको अभियान अन्तर्गत गाउँबाट नै यो अभियानको सुरुवात भएको अभियानका संयोजक सुवास थापाले बताउनु भयो । कार्यक्रममा गाे.न.पा. ३ नंं वडा अध्यक्ष राम बहादुर बाेगटीले नारेश्वरका युवा समाजका युवाहरुकाे सहयाेग अतुलनीय रहेकाे भन्दै समाजले प्रदान गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा २३ थान अक्साेमिटर, २३ थान थर्माेमिटर, १८० लिटर सेनिटाइजर, १४ हजार थान मास्क, १० थान पिपिइ, भिटामिन सी, जिंक काेभिड, डक्ससाइट क्लिन ३०० जनालाई पुग्ने स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।
गोरखा नारेश्वोरबाट काठमाण्डौ बसोबास गर्नु हुने र बिदेशमा रहनु भएका युवाहरुको सक्रियतामा तत्काल महामारीको रुपमा फैलिएको को’रोना भा’इरसको रोकथामको लागी उद्वार समिति गठन गरेको छ । तत्काल देखिएको प्रकोप न्यूनीकरणको लागी स्वास्थ्य सामाग्री उपलब्ध गराउने उद्देश्यले सात सदस्यीय समिति गठन गरिएको हो ।
१,सुवास थापा :9841148321 (संयोजक):
२,राम कुमार भट्ट : 9861589738
३,अदिश कोइराला ( बिदेश प्रतिनिधि )
४,रुपेश बिश्वकर्मा :9851313711
५,डिल बाहादुर अधिकारी (बिदेश प्रतिनिधि )
६,मिस्टर बाबू सुर्खेती ( बिदेश प्रतिनिधि )
७,लब कुमार भट्ट :9841510040
सल्लाहकार
सम्पर्क गरेर ऑंफुले सकेको सहयोग गर्न सक्नु हुनेछ ।
स्वास्थ्य सामाग्री टोल टोल मा तथा स्वास्थ्य चौकी लाई आबश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने उदेश्य रहेको छ ।









































