काठमाडौं, मंगलबार, ११ जेठ २०७८ । सोमबार अपरान्ह शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १ सय ४६ सांसदले हालेको रि’टमा आज (मंगलबार) सु’नुवाई न’हुने भएको छ ।
वि’घटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले परमादेश लगायतका आदेश माग्दै दायर गरेको रि’ट मंगलबार पेशी मै नचढेको हो । सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पे’शी सू’चीमा मंगलबारका लागि दुईवटा मात्र इ’जलाश तोकिएका छन् ।
दुई इज’लाशमा न्यायाधीश दीपक कार्की र सपना प्रधान मल्लको इजलाशमा बन्दी प्रत्यक्षीकरण लगायतका चार तथा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा एउटा मु’द्दा छ ।
दुबै इ’जलाशमा प्रतिनिधिसभा विघटन अ’वैधानिक भएको र संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित दायर २८ वटा रिटको पे’शी उल्लेख छैन ।
देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव, नेपाल, उपेन्द्र यादवसहित नेताहरु अदालत गएर रिट दायर गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, एमालेका नेपाल तथा जसपाको यादव पक्षका १४६ सांसदले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा वि’घटनलाई अ’संवैधानिक भन्दै धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै रिट निवेदन पेश गरेका थिए ।








































