गोरखा, १० जेठ २०७८ । गोरखाको सिरानचोक गाउँपालिका १ केराबारीको भिरसिंहमा माटोको ढि´स्कोले पुरिएर दुई जनाको ज्या´न गएको छ ।
घरको क´म्पाउन्डमा वाल बनाउने क्रममा सोमवार दिउँसो साढे ३ बजेतिर माटोको ढि´स्कोले पुरिएर त्यही ठाउँका ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको ज्या´न गएको हो ।
माटोको ढि´स्कोमा पुरिएका उनीहरुलाई उ´द्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
स्वास्थ्य केन्द्र पु¥याएलगत्तै डाक्टरले मृ´त्यु भइसकेको बताएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।









































