काठमाडौं, सोमबार, १० जेठ २०७८ । विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेका छन् ।
पार्टीका सांसदहरुसहित कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल पक्षका शीर्षनेताहरु सर्वोच्च पुगेका हुन् ।
शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतका नेताहरू सर्वोच्च पुगिसकेका छन् । उनीहरु बहुमत सदस्यसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।








































