गोरखा, सोमबार, १० जेठ २०७८। भिमसेन थापा गाँउपालिका वडा नं ३ स्थित श्री लोकतान्त्रीक क्लबले वि’श्वव्यापी रुपमा फै’लिरहेको को’रोना म’हामारीबाट आफ्नो वडामा कुनै किसिमको अ’प्रिय घ’टना न’घटोस भन्ने उदेश्यका साथ दोस्रो चरणको माईकिङ तथा सं’क्रमित
टोलहरुको अनुगमन सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष प्रदीप खनाल (आईजी) सहितको टोलीले वडाबासीहरुलाई सु-सुचित गर्दै आजको म’हामारीमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, मास्कको उचित प्रयोग गर्न तथा साबुन पानीले राम्रो संग हात धुने, नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्न गराउन आग्रह गरेको छ ।
साथै, आ’ईसोलोसन व्यवस्थापन समिती मार्फत उपलब्ध स्यानीटाइजर, कोरोना सं’क्रमित घरघरमा पुयाएर आवश्यक सुझाव सल्लाह दिएको लोकतान्त्रिक क्लबका सह सचिव रामचन्द्र ढकालले जानकारी दिनुभयो ।









































