गोरखा, ९ जेथ२०७८ । के पी ओली नेतृत्वको सरकार गठन भएपछि निरन्तर रुपमा गैर सबैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मुल्य मान्यताको अवमूल्यन, विधि पद्धतिको ब्यवस्था र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको गोरखा कांग्रेसले निन्दा गरेको छ ।
आज गोरखा कांग्रेस सचिब नन्द प्रसाद न्यौपानेद्वारा जारी बिज्ञप्ति मार्फत नेपालको संविधान बमोजिम नै रास्ट्रपतिले तत्काल प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गरि बैकल्पिक सरकार बनाउने अवस्था हुँदा हुँदै रास्ट्रपतिले जबर्जस्ती आफुमा नभएको अधिकार प्रयोग गरि असबैधानिक रुपमा के पी ओली लाई नै फेरि प्रधानमन्त्रीमा नियुक्त गरि मध्य रातमा प्रतिनिधि सभा बिगठन गर्नु निन्दनीय र गैरसबैधानिक रहेको जनाएको छ । रास्ट्रपति र प्रधानमन्त्रीले षड्यन्त्र गरि पदको चरम दुरुपयोग गरि नेपालको संविधान समाप्त गर्न लागि परेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सबै लोकतन्त्रबादी शक्तिहरुलाइ एकजुट हुन गोरखा कांग्रेस सचिब नन्द प्रसाद न्यौपानेले अव्हान गर्नु भएको छ ।
बिज्ञप्ति









































