गोरखा, ८ जेठ २०७८ । आज शनिबार भिमसेन थापा गाउँपालिका वडा न ३ तान्दाङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
भिमसेन थापा गाउँपालिका वडा न ३ का युवा तथा समाजसेवीहरुको संयोजनमा संकलित स्वास्थ्य सामाग्री वडा अध्यक्ष लिलानाथ लामिछानेद्धारा स्वास्थ्य प्रमुख भेषराज खनाललाई हस्तान्तरण गरिएको हो ।
देश तथा बिदेशमा रहनु भएका सहयोगी मनबाट संकलित करिब १ लाख रकम बराबराको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक नवराज पाण्डेले जानाकारी दिनुभयो ।
महामारीलाई मध्यनज़र गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीहरू मास्क, स्यानीटाईजर, पिपिइ, अक्सिजन लगाएत अत्यावश्यक स्वास्थ्य सामग्री बितरण गरिएको थियो ।









































