काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । नेपाली कांग्रेसले प्रतिनिधिसभा वि’घटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमवि’रुद्ध राजनीतिक र का’नुनी ल’डाइँ लड्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले लो’कतन्त्रको र’क्षाको लागि राजनीतिक र का’नुनी ल’डाइँ ल’ड्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन लो’कतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको बैठकको निष्कर्ष छ । संघर्षका लागि विघटनको विपक्षमा रहेका अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने निर्णय पनि भएको छ ।
कांग्रेसका सभापति देउवा बिहीबार कांग्रेसका ६१, नेकपा(माओवादी केन्द्र) का ४९, जसपाका १२, एमालेका २६ र जनमोर्चा नेपालकी दुर्गा पौडेलको समर्थन हस्ताक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका थिए ।
तर, म’ध्यरातमा दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेकी थिइन् ।
त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा वि’घटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।








































