गोरखा, बिहिबार, ६ जेठ २०७८ । नेपाली कांग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले आफ्नो निजी गाडी नगरपालिकालाई प्रयोग गर्न दिनु भएको छ ।
उक्त गाडी को’भिड १९ बिरामीको उपचारमा प्रयोग गर्न गोरखा नगरपालिकालाई उपलब्ध गराउनु भएको हो । बिरामीले उ’पचार पाउनबाट ब’ञ्चित हुनुपर्ने अवस्था आउन नदिन आ’फुले गाडी बा १६ च २००१ नम्बरको गाडी आज गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेको बताउनु भयो ।
गोरखा नगरपालिकाको आफ्नो एम्बुलेन्स नभएका बेला कांग्रेस नगर समिति सभापतिले उपलब्ध गराएको गाडीले बिरामीको उपचारमा थप मद्धत पुग्ने नगरप्रमुख राजनराज पन्तले बताउनु भयो ।









































