Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२९:०५ बिहान
- ADVERTISEMENT -

‘राजधानीमा स्वाइनफ्लुका बिरामी छैनन्’

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

984
Shares

काठमाडौँ, ३ माघ २०७५ । राजधानीमा केही मानिसमा रुघाखोकीको समस्या देखिए पनि त्यो स्वाइनफ्लु नभएको स्पष्ट पारिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लु फैलिएको नभएको स्पष्ट पारेको हो । बिगत दुई महिनामा १४६ जना व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी ) का बिरामी देखापरेको शाखाले जनाएको छ ।

महाशाखाका अनुसार मङ्सिर र पुस महिनामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३३४ जना बिरामीको ¥यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुुएन्जा प्रमाणित भएको थियो । ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए एचवान एनवान पीडीएम नाइन, नौ जनामा इन्फ्लुएन्जा ए एच थ्रि र १३ जनामा इन्फ्लुएन्जा बी रहेको प्रमाणित भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले पुस महिनामा काठमाडौँमा इन्फ्लुुएन्जा रोग प्रमाणित एक जना व्यक्तिको स्वास्थ्य थप जटिल भई मृत्यु भएको जानकारी दिनुभयो ।

डा. लालले केही सञ्चार माध्यमले स्वाइनफ्लु भने पनि हालसम्म स्वाइनफ्लु नभएको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म बङ्गुरबाट स्वाइनफ्लु मानिसमा नसरेको भन्दै उहाँले यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा मात्र रहेको जानकारी दिनुभयो ।

सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले सङ्क्रामक रोग भएको जानकारी दिदै निर्देशक लालले जाडो मौसम तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकीसहितको ज्वरोबाट मानिस प्रभावित हुने गरेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -