काठमाडौं, बुधबार, ५ जेठ २०७८ । हरेक दिन को’भिड–१९ स’ङ्क्रमितको स’ङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।
को’भिडको स’ङ्क्रमण अवस्था पहिचान गरेर म’हामारी नि’यन्त्रण गर्न कामपा र इ’पिडिमियोलोजी तथा रोग नि’यन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् ।
प’रीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पो’जिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।
उहाँका अनुसार कामपाको सहकार्यमा धेरै सङ्क्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ ।
स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च स’ङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा प’रीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भन्नुभयो, “परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आ’इसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।”









































