काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ का सबै हेल्थ पोष्टहरूमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमुख सचेतक पुर्व रक्षा मन्त्री माननीय बालकृष्ण खाणले रुपन्देही निर्वाचन क्षेत्र नं ३ का सबै हेल्थ पोष्टहरूलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको दोस्रो चरणको भेरियन्तसहितको भाइरस का कारण उत्पन्न जटिल परिस्थितिमा गरिव तथा अति बिपन्न परिवारका लागि उहाँले रुपन्देही क्षेत्र न ३ मा रहेको सबै स्वास्थ्य चौकीहरुमा मास्क,स्यानिटाइजर,पन्जा लगायतका स्वास्थ सामाग्री पठाउनु भएको हो ।









































