Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:५२ बिहान
- ADVERTISEMENT -

माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न

प्रकाशित मिति: २०७५ माघ २, बुधबार

873
Shares

नुवाकोट,२ माघ २०७५ । माघे सङ्क्रान्तिमा गोरु जुधाउने मेला यो वर्ष ४५ हल गोरु जुधाउँदै सम्पन्न भएको छ । जिल्लाको पहिचानका रूपमा विकास हुँदै गएको गोरु जुधाइने मेलाको मुख्य थलो तारुकासहित पाँच स्थानमा गोरु जुधाइएको हो । तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको हो । तारुकामा २२ हल गोरु जुधाइएको थियो ।

मेलाको उद्घाटनगर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तारुकाको गोरु जुधाइ देशकै पहिचानका रूपमा विकास भएकाले यसलाई व्यवस्थित र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तारुकाको गोरु जुधाइने पाटोलाई सरकारीस्तरबाट खरीद गरेर खेलमैदानका रूपमा विकास गर्नुपर्ने बताए ।

जिल्लाका विभिन्न स्थानमा पहिले गोरु जुधाउने गरिएकामा नुवाकोटको तारुकाले व्यवस्थित रूपमा २०६२ सालबाट गाउँभरिका जुरे बहर गोरु एकै थलोमा जुधाउने चलनको शुरुवात ग¥यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि जिल्लाका अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्यँुताउने काम भएको छ । तारुकामा विजेता गोरुधनीलाई रु ६ हजार र हार्ने गोरुका धनीलाई रु चार हजार पुरस्कार प्रदान गरिएको थियो ।

‘तारुकाको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ शुरु भएको मेलामा हजारौँ दर्शकको भीड लागेको थियो । कच्ची मोटरबाटो र धुलोको कारण तारुका पुग्न कठिनाइ भए पनि हजारौँ दर्शकको भीडबाट नै यहाँको गोरु जुधाइको महत्व र लोकप्रियता स्पष्ट हुने वडाध्यक्ष समरबहादुर आलेमगर बताउँछन् ।

गोरु जुधाइ पर्वले आन्तरिक पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीको भनाई छ । उनले पालिकाभरिको सबैभन्दा उत्कृष्ट मेला तारुकाको गोरु जुधाइ नै भएकाले मेला आयोजनामा गाउँपालिका प्रत्यक्ष सहभागी भएको उल्लेख गरे ।

यस्तै, केही गोरु नजुधी मैदानमा आउनासाथ भागेका थिए भने केही हल गोरु ४५ मिनेटसम्म जुधिसक्दा पनि हारजीत नभएपछि छुट्याउनु परेको थियो ।

यस्तै २०७१ सालबाट शुरु भएको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा यो वर्ष आठ हल गोरु जुधाइएको छ । यहाँ पहिलो हुने गोरुधनी सुमी थापाले रु १५ हजार, दोस्रो हुने गोरुधनी उमेश अधिकारीलाई रु १० हजार, तेस्रो हुने गोरुधनी अर्जुन प्याकुरेललाई रु पाँच हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक नवप्रतिभा समाजका अध्यक्ष शिवहरि विष्टले जानकारी दिए ।

यही वर्षबाट गोरु जुधाउन थलिएको लिखु गाउँपालिकाको कट्टिछापमा चाहिँ तीन हल गोरु र शिवपुरी गाउँपालिकाको शेरा बगरमा चार हल गोरु जुधाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -