काठमाडौं, ३१ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिनु भएको हो ।
बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिनु भएको हो ।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त हुन भयो ।
यसअघि वैशाख २७ गते संसदमा विश्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए।








































