काठमाडौं, ३१ बैशाख २०७८ । ओलीले पुरानै मन्त्रीहरुलाई नियुक्त गर्ने निर्णय लिनुभएको छ ।
जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने जनाउँदै प्धानमन्त्री ओलीले मन्त्रिपरिषदमा यसअघिकै मन्त्रीहरुलाई समावेश गर्ने निर्णय लिनुभएको हो ।
शपथग्रहणका लागि प्रधानमन्त्री ओली शतलनिवास पुगिसक्नु भएको छ । यस्तै यसअघिका मन्त्रीहरु पनि सवै शीतलनिवास पुग्नुभएको छ ।
शपथका लागि प्रधानमन्त्रीले बोलाउनु भएकोले आफू शीतलनिवास आइपुगेको र सवै मन्त्रीहरु शपथको तयारीमा रहेको ओली नेतृत्वको सरकारमा सहभागी हुनुभएका एक मन्त्रीले जनताटाइम्सलाई बताउनु भयो ।
आज साढे दुई बजे सपथग्रहणपछि प्रधानमन्त्री ओलीले अधिकांश पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारी बालुवाटारमा आफूनिकट नेताहरूलाई गराइसक्नु भएको छ ।








































