काठमाडौं, ३१बैशाख २०७८। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताबीच छलफल भएको छ ।
कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताबीच झण्डै एक घण्टा छलफल भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
विपक्षी गठबन्धन मोर्चा कसेरै सहकार्यलाई जारी राख्नेबारे छलफल भएको ती नेताले जानकारी दिए ।








































