Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:४० बिहान
- ADVERTISEMENT -

कांग्रेस नेताका नामको अस्पताल विघटन प्रयासविरुद्ध आन्दोलन गर्छौ : प्रदीप पौडेल

प्रकाशित मिति: २०७५ माघ १, मंगलबार

3595
Shares

तनहुँ, १ माघ २०७५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका शीर्ष नेताहरुको नाममा स्थापना भएका अस्पताल विघटन गर्न खोज्ने सरकारी प्रयासविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

गृह जिल्ला तनहुँमा उनले यसविरुद्ध कांग्रेसले आन्दोलन थाल्ने बताएका हुन् ।

विगतमा सरकारले कांग्रेसका तत्कालीन सभापति एव पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा र सुशील कोइरालाको नाममा बाँकेमा अस्पताल स्थापना गरेको थियो । तर ती दुई स्वास्थ्य संस्था केन्द्र सरकार मातहतमा नराखी सरकारले विघटनको प्रक्रिया अघि बढाएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

गिरिजाप्रसाद कोइराला नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास अस्पतालका लागि ७ सय ५० रोपनी जग्गा छुट्याई काम समेत भइरहेको उनले बताए । स्थानीय सेती गंगा सामुदायिक अस्पताललाई समेत उक्त अस्पतालमा गाभेर अहिले दैनिक दुई सयले सेवा लिइरहेको अवस्थामा हठात् अस्पताल विघटन गर्ने तयारी गरेर सरकारले अधिनायकवादी सोच देखाएको उनले आरोप लगाए ।

पौडेलका अनुसार उक्त अस्पतालका लागि बजेट, कर्मचारीको दरबन्दी सहित सरकारी मापदण्दको फार्मेसी समेत सञ्चालनमा आइसकेको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -