गोरखा, बिहिबार, ३० बैशाख २०७८ । सिरानचोक गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको को’रोना भा’इरसबाट उत्पन्न परिस्थितिमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर गाउँ सभा सम्पन्न गरिएको छ ।
आजको गाउँसभाबाट को’रोना सं’क्रमणबाट मृ’त्यू भएका ब्यक्तिको परिवारलाई २५ हजार सहयोग गर्ने निर्णय गरिएको छ । कोरोनाको संक्रमण दर बढेसँगै उपचार, स्वास्थ्य सुरक्षामा विषेश निग्रानी राख्ने, कन्ट्याक्ट ट्रेसिङ बढाउने र कोभिड १९ कै कारण मृत्यु बरण गरेकाको परिवारलाई नगद २५ हजार दिने निर्णय भएको अध्यक्ष गुरुङले बताउनु भयो ।









































