काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बनाउन राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिने भएका छन् । जनमोर्चा संसदीय दलका नेतासमेत रहेका सांसद कृष्ण थापा विपक्षी गठबन्धनलाई नसघाउने पक्षमा उभिएको एक नेताले जानकारी दिए ।
उनी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा सहमत देखिएका छैनन् । थापाले मुख्यमन्त्रीमा नेपालीलाई चयन गर्ने दाबी पत्रमा हस्ताक्षर गर्न मंगलबार अपरान्हसम्म मानेका छैनन्।
वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको समय दिएकी छन् ।








































