गोरखा, मंगलबार, २८ बैशाख २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न ५ मा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
भिमसेनथापा-५ कसिन्थोक टोल बिकास संस्थाको पहलमा ६५ घरधुरिलाई मास्क १ पाकेट, १०० मिलि स्यानिटाइजर , ७५ ग्राम हात धुने डिटोल साबुन (२ पिस ) प्रति घरलाई वितरण गरिएको संस्थाका अध्यक्ष कुबिर पौडेलले जानकारी दिनुभयो ।

बिश्वब्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसबाट आफ्नो टोल समाजमा केहि हदसम्म भएपनि सुरक्षित रहन प्रोत्साहन गर्दै उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष कुबिर पौडेलले जानकारी दिनुभयो ।









































