Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:०५ बिहान
- ADVERTISEMENT -

कुनै पनि सरकार टिकेन पाँच वर्ष : ०४६ सालपछि मात्र नेपालमा २५ प्रधानमन्त्री नियुक्त

प्रकाशित मिति: २०७८ वैशाख २८, मंगलबार

484
Shares

काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ । ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् । तर, यो ३२ वर्षमा कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा लामो समय सरकार चलाएको देखिन्छ ।

०४६ पछि प्रधानमन्त्री हुनेको लामै फेहरिस्त छ । लोकेन्द्रबहादुर चन्द ०४६ चैत २४ देखि ०४७ वैशाख ६ गतेसम्म प्रधानमन्त्री हुनुभयो । उहाँलाई राजा वीरेन्द्र वीरविक्रम शाहले नियुक्त गर्नुभएको थियो । त्यसपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा कांग्रेसका कृष्णप्रसाद भट्टराई ०४७ वैशाख ६ देखि ०४८ जेठ १२ सम्म जम्मा एक वर्ष मात्र कुर्सीमा रहनुभयो । त्यसपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला निर्वाचित प्रधानमन्त्रीको रूपमा ०४८ जेठ १२ देखि ०५१ मंसिर १४ सम्म तीन वर्ष कुर्सीमा आसीन हुनुभयो । उहाँले सबैभन्दा धेरै झण्डै ४३ महिना सरकार चलाउनुभयो ।

०५१ मंसिर १४ देखि ०५२ भदौ २७ सम्म एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । उहाँले जम्माजम्मी २८६ दिन सरकार चलाउनुभयो । कांग्रेसका शेरबहादुर देउवा ०५२ भदौ २७ देखि ०५३ फागुन २९ सम्म प्रधानमन्त्री बन्नुभयो । उहाँले ५४७ दिन सरकार चलाउनुभयो ।

त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५३ फागुन २९ देखि ०५४ असोज २१ सम्म २०९ दिन मात्रै प्रधानमन्त्री बन्नुभयो । राप्रपाकै सूर्यबहादुर थापा ०५४ असोज २१ देखि ०५५ वैशाख २ सम्म १९० दिन प्रधानमन्त्री बन्नुभयो । कांग्रेसका गिरिजाप्रसाद कोइराला ०५५ वैशाख २ देखि ०५६ जेठ १७ सम्म ४११ दिन प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसकै कृष्णप्रसाद भट्टराई ०५६ जेठ १७ देखि ०५६ चैत्र ९ सम्म २९६ दिन प्रधानमन्त्री बन्नुभयो । कांग्रेसकै गिरिजाप्रसाद कोइराला ०५६ चैत्र ९ देखि ०५८ साउन ११ सम्म ४९१ दिन प्रधानमन्त्री बन्नुभयो । फेरि कांग्रेसकै शेरबहादुर देउवा ०५८ साउन ११ देखि ०५९ असोज १८ सम्म ४३५ दिन प्रधानमन्त्री बन्नुभयो । उहाँले संसद् विघटनको घोषणा गर्नुभएसँगै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुभयो । त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५९ असोज २५ देखि ०६० जेठ २२ सम्म २३७ दिन प्रधानमन्त्री बन्न पुग्नुभयो । उहाँलाई पनि अपदस्थ गरी राजा ज्ञानेन्द्रले राप्रपाकै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउनुभयो । उहाँ ०६० जेठ २२ देखि ०६१ जेठ २१ सम्म ३६४ दिन प्रधानमन्त्री बन्नुभयो ।

त्यसपछि कांग्रेस लोकतान्त्रिकका सभापति शेरबहादुर देउवा ०६१ जेठ २१ देखि ०६१ माघ १९ सम्म जम्मा २४३ दिन प्रधानमन्त्री बन्नुभयो । उहाँलाई निर्वाचन गराउन नसकेको आरोपमा अक्षम प्रधानमन्त्रीको दर्जा दिँदै राजा ज्ञानेन्द्रबाटै बर्खास्त गरियो । त्यसपछि शासनसत्ता राजा ज्ञानेन्द्र शाहले आफ्नै हातमा लिनुभयो । ०६२ देखि ०६३ सालसम्म जम्मा ४४८ दिन शाहले शासनसत्ता सम्हाल्नुभयो ।

देशमा जनआन्दोलनमार्फत ०५६ सालको प्रतिनिधिसभा पुनःस्थापना भएपछि ०६३ वैशाख १२ देखि ०६५ जेठ १५ सम्म गिरिजाप्रसाद कोइराला ७६४ दिन प्रधानमन्त्री बन्नुभयो ।

त्यसपछि देशमा संविधानसभा निर्वाचन भयो र संविधानसभा निर्वाचनबाट पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल बन्नुभयो । दाहाल ०६५ जेठ १५ देखि ०६५ भदौ २ सम्म २८० दिनसम्म प्रधामन्त्री बन्नुभयो । त्यसपछि एमालेका माधवकुमार नेपाल ०६६ जेठ ११ देखि ०६७ माघ २३ सम्म ६२२ दिन प्रधानमन्त्री बन्नुभयो । ०६७ माघ २३ देखि ०६८ भदौ १२ सम्म २०४ दिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । त्यस्तै, ०६८ भदौ १२ देखि ०६९ चैत १ सम्म ५६३ दिन नेकपा माओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो । भट्टराई पहिलो संविधानसभा विघटन गर्ने प्रधानमन्त्री हुनुहुन्छ ।

सर्वाेच्च अदालतका बहालवाला न्यायाधीशलाई पनि देशले प्रधानमन्त्रीको रूपमा स्वीकार ग¥यो । तत्कालीन प्रधानन्यायाधिश खिलराज रेग्मी ०६९ चैत १ देखि ०७० माघ २८ सम्म ३३४ दिन प्रधानमन्त्री बन्नुभयो । ०७० सालमा देशमा दोस्रो पटक संविधानसभा निर्वाचन भयो । निर्वाचनबाट प्रमुख पार्टीको रूपमा कांग्रेस संसद्मा देखा प¥यो । कांग्रेस सभापति सुशील कोइराला ०७० माघ २८ देखि ०७२ असोज २५ सम्म प्रधानमन्त्री बन्नुभयो । ०७२ असोज २५ देखि ०७३ साउन २० सम्म एमालेका केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । उहाँ २९७ दिन प्रधानमन्त्री हुनुभयो । उहाँपछि ०७३ साल साउन २० मा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । उहाँले ३०८ दिन सरकार चलाउनुभयो । उहाँपछि ०७४ फागुन ३ गते शेरबहादुर देउवा पुनः प्रधानमन्त्री हुनुभयो । उहाँले २५३ दिन सरकार चलाउनुभयो । उहाँपछि ०७४ फागुन ३ देखि हालसम्म केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट झण्डै दुईतिहाइको बहुमतसहित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले सोमबार संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि अब नयाँ प्रधानमन्त्री को हुने भन्ने विषयले यतिबेला चर्चा पाएको र विभिन्न जोड घटाउ सुरु भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल पूरा गर्न नसक्नुमा पार्टीभित्रकै आन्तरिक द्वन्द्व प्रबल रह्यो । पार्टीभित्रका असन्तुष्ट पक्षलाई उहाँले मिलाएर लान सक्नुभएन ।

चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले संयुक्त मोर्चा बनाएर स्थायित्व र विकास नारा लिएर जनतासामु गएका थिए । उनीहरूको विश्वासमा जनताले झण्डै दुईतिहाइ मत दिएका थिए । पछि दुई पार्टीबीच एकीकरण भएर नेकपा बन्यो । तर, नेकपाले जनमतको सम्मान गर्न सकेन र अहिले भिन्न भएको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो ।

ओलीले पछिल्लो समय प्रधानमन्त्री भएयता झण्डै ३९ महिनादेखि सरकार चलाइरहनुभएको छ भने गिरिजाप्रसाद कोइरालाले झण्डै ४३ महिना सरकार चलाउनुभएको थियो । नेपालमा ०४६ पछि प्रधानमन्त्री हुनेहरूमध्ये अधिकांश पुरानै अनुहार छन् । केही प्रधानमन्त्रीहरूको निधन पनि भइसकेको छ । भएका केही प्रधानमन्त्रीहरू पनि दोहो¥याई, तेह¥याई प्रधानमन्त्री भइसक्नुभएको छ । नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरु भएको मानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -