काठमाडौँ, मंगलबार, २८ बैशाख २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
को’रोना सं’क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना भएका नेता भण्डारी आइतबार राती डिस्चार्ज हुनु भएको हो ।
गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा को’रोना सं’क्रमण देखिएको थियो ।
नेता भण्डारीसहित उहाँको श्रीमती र छोरालाई समेत को’रोना सं’क्रमण देखिएको थियो ।









































