काठमाडौं, २७ बैशाख २०७८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज (सोमवार) बिहान बसेको बैठकले सोमवारको प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
त्यसैगरी कोभिड १९ सङ्क्रमणको महामारी भयावह बन्दै गरेको अवस्थामा नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको निष्कर्षका साथ तत्काल आवश्यक स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।








































