गोरखा, २८ बैशाख २०७८ । अक्सिजन भेन्टिलेटर सहितको आइसियु बेड, औषधिको आवश्यक प्रवन्ध मिलाउन गोरखा कांग्रेसले माग गरेको छ ।
नेपालमा कोरोना भाइरसको दोस्रो लहर संगै संक्रमीतको संख्या दिन प्रतीदिन बढदै गइरहेको छ।
यसै सन्बन्धमा नेपाली कांग्रेस जिल्ला कार्य समिती गोरखाले बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस नियन्त्रण, रोकथाममा सरकार मौन बसेको प्रती ध्यानाकर्षण गराएको छ ।
सरकार सधै भ्रष्टाचारमा लिप्त भइ रहदा बिरामी उपचार पाउन मुस्किल भइ रहेका छ्न । सरकारको अनैतिक,गैर जिम्मेवारीपन र भ्रष्टाचारमा नै लिप्त भएको कार्यको गोरखा कांग्रेस घोर भर्सना र निन्दा गर्दछ, बिज्ञप्तिमा भनिएको छ ।
साथै, आम जनतालाई जीवनक्षाका निम्ति आवश्यक अक्सिजन भेन्टिलेटर सहितको आइसियु बेड, औषधिको आवश्यक प्रवन्ध मिलाउन गोरखा कांग्रेस सचिब नन्द प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।










































