काठमाडौं, सोमबार, २७ बैशाख २०७८ । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई का’रवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ ।
अस्पतालको गम्भीर लापरवाहीका कारण दुई को’रोना स’ङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा का’रवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्प’ष्टीकरणको पत्र पठाएको जानकारी दिए । “का’रवाहीको प्रक्रिया शुरु गरेका छौँ । त्यसका लागि अस्पताललाई पत्र पठाएका छौँ”, उनले भने ।
उनले अनुसन्धानका धेरै पाटो अहिले नै खुलाउन नहुने जानकारी दिँदै अस्पताललाई पत्र पठाएको स्पष्ट पारे । उनले भने, “यो अ’नुसन्धानको पाटो हो । धेरै कुरा अहिले नै खुलाउन नमिल्ला ।” उनले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने बताए।









































