Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:२३ बिहान
- ADVERTISEMENT -

विश्वासको मत दिनुभन्दा राजीनामा दिने तयारी

प्रकाशित मिति: २०७८ वैशाख २६, आइतबार

452
Shares

काठमाडौँ, आइतबार, २६ बैशाख २०७८ । नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

शनिबार राजधानीमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको निष्कर्ष निकाल्दै विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा गर्दा उपयुक्त हुने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । त्यसलाई असफल बनाउन विपक्षी दलहरु लागिपरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारिसकेको छ भने नेकपा माओवादी केन्द्रले पनि सरकारबाट समर्थन फिर्ता लिइ अब सर्मथन दिन नसक्ने बताएको छ । नेपाल–खनालका कम्तिमा २० जना सांसदले राजीनामा गरेको खण्डमा ओलीले विश्वासको बहुमत पाउने संभावना रहने छैन ।

एकताका लागि आइतबार साँझसम्म पर्खने र स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्ने नेपाल खनाल पक्षले बताइएको छ । यसबीचमा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि ओली पक्षसँग छलफल गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । संसदको सबभन्दा ठूलो दल एमालेसँग १ सय २१ सिट मात्रै छ। कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), माओवादी केन्द्रका ४९ र जसपाका ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक-एक सांसद छन् । विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत १ सय ३८ मत आवश्यक पर्छ। उक्त संख्या नपुगेको खण्डमा ओली सरकार ढल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -