काठमाडौँ, शुक्रबार, २४ बैशाख २०७८ । को’रोना स’ङ्क्रमणको दोस्रो लहरसँगै जो’खिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारीसाधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलान्चोकले कारबाही गरेको छ ।
काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायात साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिस गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए ।‘चालक र सवारी साधन होल्ड गरी कारबाही सिफारिस गरेका छौँ ।’ उनले भने ।








































