Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:४९ बिहान
- ADVERTISEMENT -

पर्यटनमन्त्री अधिकारी : विमानस्थल सुदृढीकरण र पूर्वाधार विकासमा भयो यस्तो प्रगति

प्रकाशित मिति: २०७५ पुस २८, शनिबार

1277
Shares

काठमाडौं, २८ पौष २०७५ । मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको बिशेष चासोपछि भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको बिशेष चासोपछि भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको हो ।

हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताउनुभयो ।

प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ । त्यस्तै, निर्माणाधीन पाँच विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

एकतीस विमानस्थल कालोपत्रे

हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आवमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप दुई वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ । त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक थप पाँच विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी चार वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला ९वाइड बडी० र छ वटा साना (न्यारोबडी) गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ ।

विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ ।

धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु

अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिनुभयो ।

विमाानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरीद सम्र्झौता सम्पन्न भइसकेको छ ।

राष्ट्रिय गौरवका आयोजना प्रगतितिर

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य तीव्र गतिमा अगाडि बढेको छ । उक्त विमानस्थलनिर्माण कार्य सन् २०१९ जुन २८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोेमा यथा समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ । सो विमानस्थल सञ्चालनको लागि पूर्वतयारी परीक्षण, सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिमा छलफल भई उक्त विमानस्थललाई जिटुजी मोडेलमा सञ्चालन गर्न सरकारको स्वीकृतिका लागि पठाई सकिएको महानिर्देशक गौतमको भनाइ छ ।

त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीबाट थालनी भई द्रुत गतिमा कार्य भइरहेकोे छ । हालसम्ममा करीब २० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने जुलाई २०२१ सम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको छ ।

निजगढ विमानस्थलले गति लियो

विगत लामो समयदेखि सर्वत्र चर्चाको विषय बनेको बाराको निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिएको छ ।

विमानस्थल निर्माण गर्ने सम्बन्धमा गत वर्ष मन्त्रिपरिषद्ले उक्त विमानस्थलको सडक निर्माण तथा विमानस्थल क्षेत्रको रुख कटानसम्बन्धी कार्यका लागि नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेअनुरुप नेपाली सेना र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस सम्बन्धमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनअनुसार प्रथम चरणमा निर्माण गरिने क्षेत्रभित्रका रुख कटान आदेशका लागि प्रक्रिया अगाडि बढेको महानिर्देशक गौतमले बताउनुभयो ।

प्राधिकरणको विवरणअनुसार पछिल्ला वर्षमा हवाई यात्रुको सङ्ख्या बद्दो छ । सन् २०१७ को १० महीनाको तुलनामा आन्तरिक यावुयान आवागमनतर्फ सन् २०१८ को सोही अवधिमा २।७३ यात्रु वृद्धि भएका छन् । अन्तर्राष्ट्रियमा पनि २।२० प्रतिशतले वृद्धि भएको छ । अहिले विमानस्थलबाट नेपालका तीन तथा अन्य १३ मुलुकका २६ वायुसेवा गरी कूल २९ वायुसेवा प्रदायक कम्पनीले २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गरिरहेका छन् ।

सन् २०१८ को पहिलो १० महीनामा अन्तर्राष्ट्रिय उडानबाट त्रिअविमा ३५ लाख ४२ हजार ५७८ हवाई यात्रुको आवागमन भएको छ भने आन्तरिकतर्फ २३ लाख ८५५ यात्रुको आगमन भएको प्राधिकरणको रेकर्ड छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -