काठमाडौं, १६ बैशाख २०७८ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएपछि काठमाडौं महानगरले १० वटा निशुल्क एम्वुलेन्स सेवा शुभारम्भ गरेको हो ।
एम्वुलेन्स सेवा सञ्चालन गर्न महानगरले बिहीबार एम्वुलेन्स चालकसंग सम्झौता पनि गरेको छ । सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु¥याउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो ।
त्यस्तै उहाँले कोरोना संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न सरकारले लागू गरेको निषेधाज्ञा पालना गराउन महानगर गम्भीर रहेको बताउनुभयो ।
महानगरले समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने उहाले बताउनुभयो ।









































