पोखरा, १५ बैशाख २०७८ । पोखरामा ७ दिन ५६ घन्टा मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा देशभरबाट २२ जनाको सहभागिता रहेको थियो भने समापन आवद्धता सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका सचिव बिनोद बहादुर कुंवरको प्रमुख आतिथ्यतामा भएको थियो ।
विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्नुहुने गृह मन्त्रालय, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश, द स्कुल अफ साईकोलोजि नेपाल, साईकडेस्क फाउन्डेसन, रिकभरिगं नेपाल, गै.स.स.महासंघ र अमेरिकन दुत्तावास युवा परिषद लगायत अन्य संघ सस्था, अतिथि महानुभावको उपस्थिती रहेको थियो ।









































