Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५०:०२ दिउँसो
- ADVERTISEMENT -

कोरोनाको उच्च जोखिममा बालबालिका

प्रकाशित मिति: २०७८ वैशाख १२, आइतबार

600
Shares

काठमाडौँ, वैशाख १२ गते । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको वताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिनुभयो । पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँंगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । उहाँले १८ वर्षमुनिका बालबालिकाको सङ्क्रमण दर उच्च हँुदै गएको बताउनुभयो ।

पहिलो चरणको कोरोना लहरमा बालबालिका कोरोनाको जोखिममा देखिएका थिएनन् तर दोस्रो चरणमा भने बालबालिका उच्च जोखिममा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी उच्च जोखिममा रहेकोमा यसपटक बालबालिका उच्च जोखिममा रहेको बताउनुभयो ।

कोरोना भाइरस दैनिक बढिरहेको भन्दै उहाँले विद्यालयमा अध्ययरत बालबालिका सङ्क्रमित हुन पुगेको बताउनुभयो । उहाँले केही समयअघिसम्म अस्पतालका कोभिड वार्ड खाली हुने गरेकोमा पछिल्लो समय अस्पतालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । यतिखेर कान्ति अस्पतालमा एक महिना नपुगेको नवजात शिशु कोरोना सङ्क्रमित हुन पुगेका छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार एकमहिने शिशुदेखि ११ वर्षसम्मका चार जना बालबालिका कोरोना सङ्क्रमित भई कान्तिमा उपचाररत छन् । उहाँले उनीहरूलाई अक्सिजन दिएर राखिएको जानकारी दिनुभयो । डा. बिच्छाका अनुसार बालबालिकामा कोरोनाविरुद्धको खोप नआइसकेकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकको भूमिका महìवपूर्ण हुने छ ।
उहाँले बालबालिकालाई बाहिर नपठाउन आग्रह गर्दै बाहिर हिँडिरहने अभिभावकसँंग बालबालिकालाई नराख्न आग्रह गर्नुभयो ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बालबालिकाले मास्क लगाउन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न नजानेकाले धेरै चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई घरमै सुरक्षित राख्न सुझाव दिनुभयो । बाहिर निरन्तर हिँडिरहने अभिभावकभन्दा टाढा राख्नुपर्ने चिकित्सकको सुझाव छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -