काठमाडौं, ११ बैशाख २०७८ । गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं ३ मा रहेको लोकतान्त्रिक क्लवको अधिबेशन काठमाण्डौं स्थित कामना कलेजमा शनिबार सम्पन्न भएमो छ ।
क्लवका संस्थापक सदस्य एवं सल्लाहाकार विश्व ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभाले पूर्व उपाध्यक्ष प्रदीप खनाल ( आ.ई.जी.) सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा ध्रुव ढकाल सचिवमा ऋषि खनाल कोषध्यक्षमा निशान खनाल र सह सचिवमा रामचन्द्र ढकाल नियुति गरिएको छ ।
कार्यसमिती सदस्यहरुमा अमृत ढकाल, उतम ढकाल, शिव पाण्डे, र पवन लामिछाने रहेका छन् । सल्लाहाकार हरुमा भिमसेन थापा गा।पा वडा नं ३ का अध्यक्ष लिलानाथ लामिछाने क्लवका संस्थापक सदस्य ब्रदी लामिछाने विश्व ढकाल रमेश खनाल भुवन ढकाल लाई चयन गरिएको छ ।
नव नियक्त अध्यक्ष खनालले कार्यक्रमलाई सम्बोधन गर्दे क्लव लाई छिटैं नविकरण गर्ने, क्लवको सम्पुर्ण काम हरुलाई डिजिटलाईज गर्ने क्लव को वेबसाइट तयारी को काममा लाग्ने र वडा नं ३ मा अबका दिनमा खेलकुद विकास सामाजिक कार्य शिक्षा स्वास्थ्य र संस्कृतिक क्षेत्रका क्लव ले काम गर्ने लक्ष्य रहेको खलालले बताए ।
छलफलमा क्लवको काम कार्वाइलाई स्थानिय संरचना अनुसार सशक्त ढंगले अधि बढाउने सामाजिक कार्य गनै उदेश्यले क्लवलाई पुन जागरुक बनाउनको लागि छलफल कार्यत्रम आयोजना गरिएको उँहाको धारण रहेको थियो ।
गोरखामा लोकतन्त्र सङै हुर्किएको लोकतान्त्रिक क्लब आफ्नो स्थापना काल देखि नै सामाजिक छेत्रमा उल्लेखनीय अग्रसरता देखाउदै आएको छ ।
परिबर्तित स्थानीय संरचना अनुसार लोकतान्त्रिक क्लब लाई ढाल्नु पर्ने अग्रज हरुको सुझावलाई मध्यनजर गरि क्लव को कार्य अधि बढ्ने खनाल को भनाई छ ।









































