काठमाडौं, ९ बैशाख २०७८ । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको स्थानमा उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगका अनुसार आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
यसअघि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए।








































