काठमाडौं, ७ बैशाख २०७८ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा हालसम्म २ लाख ८७ हजार ५६७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ।
हाल आठ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका हुन् ।
सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।
त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् ।
हाल ९२ जना क्वारेन्टिनमा छन् ।









































