Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:५७ बिहान
- ADVERTISEMENT -

एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना

प्रकाशित मिति: २०७८ वैशाख ७, मंगलबार

465
Shares

काठमाडौँ, ७ बैशाख २०७८ । नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ।

अर्थ मन्त्रालय र गैर आवासीय नेपाली सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैर आवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैर आवासीय नेपाली सङ्घबिच भएको समझदारी बमोजिम गैर आवासीय नेपाली सङ्घले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो।

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैर आवासीय नेपालीलाई आग्रह गरे।

सरकार कानुनी र नीतिगत रूपमा विदेश पुँजी भित्राउन प्रतिबद्ध छ। छरिएर रहेको पूँजीमात्र होइन, विदेशी पुँजी पनि ल्याउन चाहन्छ, अर्थमन्त्री पौडेलले भने, लगानी वैध स्रोतको र बैङ्किङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ।

अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फन्ड स्थापनमा सहयोग पुर्‍याउनु हुने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे। नेपाल राष्ट्र बैङ्कमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रूपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले होल्डिङ कम्पनीका रूपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। राजस्व सचिव रामशरण पुडासैनीले गैर आवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले केही वर्षमा फन्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‍याउने बताए।

गैर आवासीय नेपाल सङ्घका संस्थापक अध्यक्ष तथा फन्डका अध्यक्ष डा. उपेन्द्र महतोले पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकार सहित सबैको साथ सहयोगको अपेक्षा गरे।

नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी सहित गैर आवासीय नेपाली प्रवर्द्धक रहेको कम्पनीमा ३ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ। नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।

गैर आवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिने योजना रहेको गैर आवासीय नेपाली सङ्घले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -