काठमाडौ, ६ बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गरेकी छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो। पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।









































