Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:३१ बिहान
- ADVERTISEMENT -

गण्डकी र लुम्बिनी प्रदेश सरकार धरापमा, मुख्यमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता तयारी

प्रकाशित मिति: २०७८ वैशाख २, बिहीबार

410
Shares

काठमाडौँ, २ बैशाख २०७७ । नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकीलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार ढल्ने सम्भावना बढेको हो । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई गण्डकी सरकारले साथ दिएको भन्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेका छन् ।

सरकार परिवर्तन गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा बीच सहमति भइसकेको छ । स्रोतका अनुसार नयाँ सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसले लिने सहमति जुटेको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ । मुख्यमन्त्री गुरुङविरुद्ध १/२ दिनमै अविश्वास प्रस्ताव दर्ता हुनसक्ने बताइएको छ ।

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्। प्रदेशसभाका कुल सांसदमध्ये एक चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरेपछि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।

यस्तै, यता लुम्बिनी प्रदेश सरकारमा पनि मुख्यमन्त्री शंकर पोखरेललाई सरकार जोगाउन चुनौती थपिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कांग्रेस र माओवादीले गृहकार्य थालेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको छ ।

लुम्बिनी प्रदेशमा एमालेका मात्रै ४१ सांसद छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपाको साथ लिए कांग्रेस र माओवादीलाई नयाँ सरकार गठन गर्न पर्याप्त हुन्छ ।

स्रोतका अनुसार केन्द्रमा नै यस विषयमा सहमति भइसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ भेटवार्ता भएको थियो । संघमा नयाँ सरकार गठनका लागि तयारी पूरा नहुञ्जेलसम्म कांग्रेस र माओवादीबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने रणनीति तय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -