Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१२ बिहान
- ADVERTISEMENT -

७६ मेगावाट विद्युत् दिने तयारी

प्रकाशित मिति: २०७८ वैशाख १, बुधबार

539
Shares

चरीकोट (दोलखा), वैशाख १ गते । नयाँ वर्ष २०७८ का अवसरमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले देशवासीलाई उपहारस्वरूप ७६ मेगावाट विद्युत् दिने भएको छ ।
१० वर्षदेखि दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले वैशाखभित्र पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन थाल्ने बताइएको छ ।

हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युत् गृहलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणको समेत प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । त्यस्तै बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानासाना काम भइरहेको र माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ बीच भागमा राखिएको अन्तिम पेनस्टक पाइपको जडान कार्य भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ, त्यसको परीक्षण र पेन्टिङको काम आगामी वैशाखको १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ । हाल हाइड्रो मेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी रहेको र सो काम भइरहेको छ ।

यी सबै काम वैशाख १५ गतेसम्म सम्पन्न गरेपछि मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । पानी भर्ने क्रममा सिभिल र हाइड्रो मेकानिकल संरचनामा कुनै जटिल समस्या नआएमा सातदेखि नौ दिनभित्र परीक्षण कार्य सम्पन्न गरिने बताउँदै उहाँले भन्नुभयो, मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका छवटा टर्वाइन र छवटा जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।
यसक्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्रै विद्युत् उत्पादन सुरु हुने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । आयोजनामा ७६÷७६ मेगावाटका छवटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत् उत्पादन हुने उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेमा आशावादी रहेको बताउनुभयो ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रो मेकानिकल लट–२ ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजना निर्माणमा ढिलाइ भएको थियो । भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजना निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।

८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिन्छ । २०६७ भदौबाट मुख्य सिभिल निर्माण कार्यको सुरुवात गरिएको यस आयोजना ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी र अमेरिकी डलरको मूल्य वृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ८४ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -