काठमाडौं, २४ चैत्र २०७७ । पूर्व केन्द्रीय सचिव डि.वि. राईको निधनप्रती सचेतक खाणद्वारा दु:ख व्यक्त गरेका छ्न ।
नेपाली कांग्रेसका ताप्लेजुङका पूर्व सहसभापति एवं नेपाल भूतपूर्व सैनिक संघको पूर्व केन्द्रीय सचिव डि.वि. राईको गत चैत्र २२ गते भएको असामयिक निधनले हामीलाई दुःखी तुल्याएको छ ।
आज एक शोक बिज्ञप्ति जारी गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले स्व. राईले नेपाली कांग्रेस पार्टीले आब्हान गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन एवं विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका नेता राई एक सरल र सादगी नेताको रुपमा परिचत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । हामीले एक असल, इमान्दार र निष्ठावान नेतालाई गुमाएका छौं, शोक बिज्ञपप्तिमा उल्लेख गरिएको छ ।
नेता राईको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्ति गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तप्रति समवेदना प्रकट गर्दछौं ।









































