Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३५:३० बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको ध्यान मध्यावधि निर्वाचनमा

प्रकाशित मिति: २०७७ चैत २२, आइतबार

591
Shares

काठमाडौँ, आइतबार, २२ चैत्र २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ। सरकार परिवर्तन गर्न दलहरूबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंकगणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन्। माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएका प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन्।

यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन्। ‘राजीनामा त माग्यामाग्यै छन् त। मागेपिच्छे कसरी राजीनामा दिन सक्छु रु हरेक दिन राजीनामा माग्या छन्, माग्या छन्। मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु, त्यो पनि लिँदैनन्। राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ ओलीले भने। प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार संसद् सचिवालयमा बुझाउने तयारी गरेको छ।

‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन’, समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन्।

एक सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक निर्माणको शनिबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले अहिलेको संसद्मा रहेको अंकगणितलाई परिवर्तन नगरी नहुने बताए। ‘संसद्मा यस्तै हो, कहिलेकाहीं देशको आवश्यकता र संसद्को अंकगणितमा फरक पर्छ। कहिले कृत्रिम ढंगले संसद्को गणित यताउता हुन्छ’, ओलीले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -