काठमाडौं, २१चैत्र २०७७ । कृतक पौडेलको शुभ जन्मदिनको अवसरमा गोरखा मानवसेवा आश्रमलाई खाधान्न सहयोग गरेका छ्न ।
गोरखाको भिमसेन थापा गाउँपालिका वडा न-५ निवासी नेपाल तरुण दल क्षेत्र न-१ उपाध्यक्ष सहयोगी कुबिर पौडेलले छोरा कृतक पौडेलको शुभ जन्मदिनको अवसरमा सहयोगापेक्षी (वेसहारा, अशक्त, साहाय, अनाथ, अभिभाकविहिन, सडक आश्रित) मानवहरुको उद्दार, औषधोपचार, लालनपालन, पारिवारिक पुनःमिलनको सेवामा समर्पित मानवसेवा आश्रम गोरखमा खाधान्न सहयोग गर्नु भएको हो ।
मानवीय सेवा कार्यमा सहयोग गर्नु हुने सहयोगी आदरणीय कुबिर पौडेलप्रती मानवसेवा आश्रम गोरखाले धन्यवाद ज्ञापन गरेको छ ।









































