Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:४८ बिहान
- ADVERTISEMENT -

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

प्रकाशित मिति: २०७७ चैत १८, बुधबार

486
Shares

काठमाडौँ, बुधबार, १८ चैत्र २०७७ । एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। यसअघि ओलीले आफू र पार्टीविरुद्ध गतिविधि गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए।

नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकपछि जारी वक्तव्यमा ओलीका कदमले कम्युनिस्ट आन्दोलनमा धक्का पुगेको उल्लेख छ। वक्तव्यमा स्थायी कमिटीमा नेपाल–खनाल पक्षका सबै सदस्यको हस्ताक्षर छ। बैठकपछि नेता रावलले ओलीका पछिल्लो कदमले पार्टीलाई झन् विभाजित र अन्योलग्रस्त बनाएको बताए। उनले ओलीले विधानविपरीत केन्द्रीय समितिलाई तोडमरोड गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेकाले आफूहरू पनि समानान्तर समिति बनाउँदै अघि बढ्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै केपी शर्मा ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको छ,’ रावलले भने।

नेपाल–खनाल पक्षमा रहेका स्थायी कमिटी सदस्यहरूले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री एवं अध्यक्ष ओली राज्यसत्ता दुरूपयोग गर्दै तानाशाही लाद्ने र कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने दुष्प्रयासमा लागेको आरोप लगाइएको छ। वक्तव्यमा साबिक एमाले र माओवादी केन्द्रबीचको एकताविरुद्ध ओलीले अनेकौं षड्यन्त्र गरेको तथा फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलन विसर्जन गर्ने गतिविधि गरेको आरोप लगाइएको छ।

उनीहरूले एमाले पुनर्जीवित भएपछि केन्द्रदेखि स्थानीय तहसम्मका सबै संगठनात्मक संरचना तथा जनसंगठनलाई पूर्ववत् क्रियाशील गर्न प्रस्ताव गरे पनि ओलीले लत्याएर एकतर्फी निर्णय गरेको बताएका छन्। ‘विधि र पद्धतिसम्मत किसिमले पार्टीलाई अघि बढाउँदै विगतका कमीकमजोरीको समीक्षा गर्नुका साथै कम्युनिस्ट एकता र सहकार्यलाई आत्मसात् गर्न आग्रह गरेका थियौं तर पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट त्यो कुरा स्वीकार्य भएन। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -