रुपन्देही, बुधबार, ११ चैत्र २०७७ । नेपाली कांग्रेस केन्द्रिय महिला विभागले प्रदेश स्थरिय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बाल कृष्ण खाण दुनियाका कम्युनिष्टहरु लोकतन्त्र चाहादैनन नेपालमा कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको आरोप लगाउनु भयो ।
लुम्विनि प्रदेशको रुपन्देही जिल्ला भैरहवामा भएको प्रशिक्षणको उद्घाटन समारोह मा बोल्दै नेता खाणले नेपाल कम्युनिष्ट पार्टि निम्ने बेलाको दियो जस्तै भएको बताउनु भयो।
प्रमुख सचेतक खाणले सरकारले जारी गरेका अध्यादेशलाई विधेयककै रूपमा संसदमा अगाडि बढाउनु पर्ने बताउनु भयो ।
ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर छैन,खाणले भन्नु भयो। जति सुकै उज्यालो र शत्तिसालि देखिए पनि कम्युनिष्ट निभ्ने बेलाको दियो हो खाणले भन्नु भयो।
महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य डिना उपाध्याले विश्वका महिला र नेपालका महिला कहा छन यसको लेखा जोखा गर्न पर्ने बेला आएको बताउनु भयो।

नेपाली कांग्रेस महिला आयोगले महिलालाई पर्ने हरेक आवाज लाई नेपालको मुलुकियन मा दोश्रो दर्जामा राखिएको थियो त्यसको अत्य भो अधिकार विहिन भएका आवाजलाई मुलुकको संविधानले एक तिहाई महिलाको सहभागी ता गराउने कुरा संविधान मा उठेको छ ।
त्यो लागु गराउन हामि अब गाउ तह देखि हरेक ठाउमा महिला सक्रिय हुन जरुरि छ।उहाले भन्नु भयो नेपाली कांग्रेस पार्टीले महिला अधिकाको कुरालाई साथ दिएको छ।
अब एक तिहाई महिलाको सहभागी लाई पार्टिले एकता गरेर हरेक तहमा महिलाहरुलाई जिम्मेवार थपिदिनु पर्ने अब नेपाली कांग्रेसमा जिम्मेवारी थपिएको बताउनु भयो।
संगठन विभाग महिला केन्द्रले आयोजना गरेको प्रदेश स्थरिय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य किसोर राठोर,देवेन्द्र राज कंडेल, लेखा समिति संयोजक भरत शाहा ,लुम्बिनि प्रदेश संसद निर्मला के सि,पुष्पा थरुनी, रिना नेपाल, माला गोतामे,रुन्दावति शर्मा कोदार,गण्डकी प्रदेश प्रमुख सचेतक ओम कला गौतम,संसद ललित कला गुरुङ,रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक ,दाङ जिल्ला सभापति कृर्ति बहादुर खड्का,नवलपरासि जिल्ला सभापति बिष्णु पालिनन्द गाउपालिका उप मेयर पवित्रा पौडेलले लगाएतले शुभकामना दिनु भएको थियो।
नेपाली कांग्रेस केन्द्रिय महिला विभागको संयोजक ईश्वरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महिला विभागका सदस्य बिमला गैरेको स्वागत संगै केन्द्रिय महिला विभागका सचिव लक्ष्मी खतिवडाको संचालनमा प्रशिक्षण को उद्घाटन समारोह सम्पन्न भएको थियो








































