काठमाडौँ, बुधबार, ११ चैत्र २०७७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन विभिन्न शक्तिसँग साँठगाँठ गरिरहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत रावलले प्रधानमन्त्री ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका हुन् ।
नेता रावलले देशभक्त नेपाली सबैलाई सजग हुन आह्वानसमेत गरेका छन् । ‘प्रमं केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासंग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसंग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसंग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ ।’ उनले भनेका छन् , ‘देशभक्त नेपाली सजग होअैां !’








































